काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर २,४४९ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ७२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्टिी फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । सिङगटी हाइड्रोका इकाईधनीले ३ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।