काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव १० प्रतिशतले घटेको छ । आज २ अर्ब ६६ करोड ३९ लाख ९ हजार रुपैयाँको शेयर कारोबार हुँदा नशेनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३८२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १२ सय ९८ रुपैयाँ रहेको छ । हिमालयन डिस्टिलरीको ९ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।