Connect IPS
IME Life

नेप्से परिसूचक ५३ अंकले घट्दा २ अर्ब ६६ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव १० प्रतिशतले घटेको छ । आज शेयर बजार २,४५५ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज ७ वटा कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १८१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ६५ करोड ६० लाख ९४७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज नशेनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३८२ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल टेलिकमको १० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १२ सय ९८ रुपैयाँ रहेको छ । हिमालयन डिस्टिलरीको ९ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १ दशमलव ९४ प्रतिशतका दरले कमाएका हुन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले १ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । सानिमा लार्ज क्याप फण्डका इकाईधनीले १ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंकका लगानीकर्ताले १ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् । आज कम्पनीले यस वर्ष पनि शेयरधनीलाई लाभांश नदिने सुचना जारी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS