काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले पुस २२ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको कार्यालय हात्तिसारमा गर्ने जनाएको हो । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशतले हुन आउने १ अर्ब ४९ करोअद ६० लाख बराबरको बोनश शेयर र ० दशमलव ४२१ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ नगद लाभांश गरि कुल ८ दशमलव ४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्नेभएको छ । त्यसकारण पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।