IME Life New

राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिना धितो १५ लाखसम्मको कर्जा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ । राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुलाई बिना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानको सिफारिसको आधारमा त्यहां कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ।

सम्झौतापत्रमा नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा नेपाल बैंक लिमिटेडका तर्फबाट काठमाण्डौ बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

Esewa
Crest

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै राष्ट्रिय विमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक ब्यवस्थापक आशिष राई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS