काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ । हिजो सोमबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै घटेको छ । आज तेजाबी सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय ५ रुपैयाँमा कारोबार नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।