IME Life

जोखिम विश्लेषणको अण्डरराईटिङ्ग, सुभाष कोईरालाको लेख

SPIL
NIC ASIA

परिचयः जीवन बीमा जोखिमसहित हुने विषय नौलो रहेन । अतः जोखिमसहितको व्यवसाय भएकोले नियमित रुपमा जोखिमाङ्कन गरिने प्रमुख प्रकृया नै अण्डरराईङ्ग हो । अर्थात यो व्यवसायको लागि जोखिमको विभिन्न मानदण्ड अनुसार उचित मापन तथा मूल्यांकन गर्दे व्यवसायलाई स्वीकृत गर्ने एक प्रकारको नियन्त्रणात्मक कार्य पनि हो । अण्डरराईटिङ्ग गर्ने कार्य अख्तियार प्राप्त अधिकारी (जसलाई अण्डरराईटर भनिन्छ) ले गर्दछ ।

अण्डरराईटिङ्ग कार्य जति हेर्दा सरल छ त्यति जोखिमयुक्त रहेको हुन्छ । कम्पनीको भविष्य व्यापार ल्याउन मात्र नभई ल्याईएका व्यापारको मानदण्ड अनुसार उचित मापन तथा मूल्यांकन गरि अख्तियार प्रँप्त अधिकारीले स्वीकृत प्रदान गरे पश्चात हुने भएकोले जीवन बीमा कम्पनीको भविष्य अण्डरराईटिङ्ग कार्य मै निहित रहने भएको हुन्छ । सही अण्डरराईटिङ्ग कार्यले दावी प्रकृयालाई कम गर्न समेत सघाउ पुर्याउने भएकोले सहि र उचित तवरबाट पुष्ट्याई सहितको प्रमाणिकहरु संलग्न गरि अण्डरराईटिङ्ग कार्य सम्पन्न गर्नु आजको आवश्यकता रहि आएको छ ।

Prabhu
Crest

जीवन बीमा कम्पनीले अण्डरराईटिङ्ग कार्य सम्पन्न गर्दा केन्द्रिकृत हुने मुख्य विषयहरु (जसका कारणले कम्पनीको व्यवसाय लामो समयसम्म निरन्तर हुने गर्दछ) मात्र यहाँ उल्लेख गर्न खोजिएको छ । ती विषयहरु उपर भए गरिएका अनुभव, टेलिफोन अन्तवार्ता, अनौपचारिक तथा औपचारिक छलफल तथा तथ्यगत आधार मार्फत प्राप्त भएका विषयहरुबारे मात्र चर्चा गर्न लागिएकोले सरकारवालामा वहसको मसला हुन सक्नेछ ।

क) वित्तिय अण्डरराईटिङ्ग: कानूनको अधिनमा रहि वा कानूनले तोकेको पेशा व्यवसाय गरि नियमित आयआर्जन हुने गरेका वा नियमित बीमा शुल्क भुक्तानी गर्न सक्षम रहेका व्यक्तिले बीमा गर्ने प्रचलन रहेको छ । बीमाको व्यवसायको स्रोत प्रत्यक्ष रुपमा संस्थागत, व्यक्तिगत वा अप्रत्यक्ष रुपमा अभिकर्ता मार्फत भित्रिने परिपाटीले गर्दा वित्तिय अण्डरराईटिङ्गप्रतिको निर्भरता अधिकरुपमा अभिकर्तामा रहेको छ । संस्थागत वा व्यक्तिगत रुपमा प्राप्त हुने व्यवसायमा पेशा तथा नियमित आयको सुनिश्चितता हुने गर्दछ । अधिकांश रुपमा अभिकर्ता मार्फत हुने व्यवसायमा भने पेशागत तथा वित्तिय आयको सुनिश्चितता हुने भएतापनि केहि जटिल प्रकृतिको वित्तिय अण्डरराईटिङ्गले व्यवसायलाई दिगो बनाउन नसक्ने देखिएको छ ।

वित्तिय अण्डरराईटिङ्गको सम्बन्ध पेशास“ग जोडिएकोले फारामहरुमा पेशा अनुसार आयस्रोत खुल्ने तथ्य समावेश गर्न आनाकानी गर्नाले संस्था वा कम्पनीको प्रतिनिधिले ल्याएका व्यवसायप्रति शंका गर्ने अवस्था सिर्जना हुने देखिएको छ । माग गरेको कागजात पेश गर्न नसक्ने, नदिन बहानाबाजी गर्ने, व्यवसाय प्रस्तावक वा विमितको क्षमता भन्दा बढीको गरिदिने, जानकारी अपूरो प्रदान गर्ने गरेको विषय समय समयमा विभिन्न स्थानका विभिन्न कम्पनीका बीमितसँगको छलफलबाट थाहा हुन आएकोले व्यवसाय मार्फत अभिकर्ताले आफूलाई मात्रै लाभ लिन खोजेको प्रष्ट देखिएको भान हुन्छ । अपनाएको पेशा भन्दा फरक जनाउने, सतही वा अनुमान गरेर उल्लेख गर्ने गरेको प्रमाण विभिन्न समयमा छडके टेलिफोन परीक्षण गर्दा प्राप्त हुने गरेको छ ।

व्यवसाय ल्याउन सजिलो नभएको तर्क गर्ने तर खुलाउनु पर्ने सूचना खुलाउन निर्देशन दिदा अरु कम्पनीमा केहि चाहिदैन यहा मात्रै अनावश्यक सूचना र कागजात माग गर्ने गरिन्छ भन्ने विषय बारम्बार उठ्ने गरेको छ । यस विषयको उठान संस्थागत छलफल गर्ने विभिन्न समयमा उठाउने गरेतापनि सम्बन्धित कम्पनीले मनन गर्ने गरेको देखिएको छैन् । यसले जोखिमको स्तर बढाउने गरेको जगजाहेरै छ । कुनै एक कम्पनीले प्राप्त गरेको प्रस्तावको अध्ययन गर्दा कमजोर वित्तिय विवरणको कारणले गरेको स्थगन, अस्वीकृत गरेको कागजातलाई प्रतिस्पर्धी कम्पनीका प्रतिनिधीहरुले सजिलै व्यवसायमा संलग्न गराउने गर्नाले वित्तिय अण्डरराईटिङ्ग पाटो सक्षम नभएको प्रस्टै थाहा हुन्छ ।

फलतः त्यसको असर दीर्घकालमा देखिने पक्का छ । व्यवसाय गर्न कम्पनीहरुले मापदण्ड बनाएका छन तर त्यस मापदण्डको पालना गर्ने क्रममा अपनाउनुपर्ने प्रक्रियाको पहुँच  आफ्ना प्रतिनिधिमा पुर्याउन नसकिरहेको बुझ्न सकिन्छ । विभिन्न समयमा विविध स्थानमा भ्रमण गर्ने क्रममा कम्पनीहरुका प्रतिनिधीहरुसँग  भएका अनौपचारिक छलफलबाट तथ्यहरु उजागर हुन गएको छ । अधिक जोखिमयुक्त व्यवसाय गर्ने कम्पनीहरु किटान गर्न समय समयमा प्रकाशित सूचनामूलक समाचारहरु नै काफी छन् । नतिजा समयले देखाउने नै छ ।

ख) स्वास्थ्य अण्डरराईटिङ्ग: बीमा गर्ने व्यक्ति स्वस्थ्य हुनु पर्दछ । तर प्रकृयागत अवस्थामा अस्वस्थ व्यक्तिले पनि नियमानुसार अतिरिक्त शुल्क तिरेर बीमा गराउन सक्ने प्रावधान छ । ननमेडिकल सीमामा बिमितले उल्लेख गरेको विवरणलाई नै आधार मानेर जोखिमको मूल्यांकन गरिने अवस्था रहेतापनि मेडिकल सीमामा भने कम्पनीको नियमानुसार तोकिएको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था रहेको हुन्छ । जोखिमयुक्त कारण रहेका स्वास्थ्य प्रतिवेदनहरुलाई आफ्ना प्रमुख मेडिकल अधिकृत मार्फत वा पुनर्बीमा मार्फत परीक्षण गरि आवश्यकतानुसार थप जोखिम शुल्क लिई बीमा गराउन सकिने वा अवस्था अनुसार पूर्णत अस्वीकृत गरिने गरिन्छ ।

यहा“ प्रश्न उठ्छ ? के सबै अस्पताल, ल्याब, पोलिक्लिनिक वा स्वास्थ्य संस्था स्वास्थ्य अण्डरराईटिङ्गबारे सचेत छन् त? के प्राप्त प्रतिवेदन सहि हुन्छन् त ? विभिन्न प्रतिवेदनको अध्ययन, स्थलगत भ्रमण, प्राप्त सूचना, मेडिकल ल्याव वा चिकित्सकहरुस“गको उठबसले स्वास्थ्य अण्डरराईटिङ्ग गर्न कति सहज रहेछ भन्ने छर्लंगै भएको छ । संस्थागत वा अभिकर्ता मार्फत प्राप्त हुने स्वास्थ्य प्रतिवेदन कति सहि र यथार्थ छ भन्ने विषय खुट्याउन अभिकर्ताको ईमान्दारिताले पनि प्रमाणित गर्न कठिन छ ।

देशमा विभिन्न स्थानमा नाम चलेका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी मार्फत न्यून शुल्कमै मेडिकल प्रतिवेदन बनाईने र गलत पत्ता लागेमा प्रिन्ट मिस्टेक भएकोले तत्काल सच्याईदिने परिपाटीले हामीले कस्तो स्वास्थ्य अण्डरराईटिङ्ग गरिरहेका छौ र यसले जीवन बीमाको भविष्य कतातिर मोडिदै छ भन्ने बुझ्न सकिन्छ । उच्च व्यवसाय गर्ने विभिन्न कम्पनीका प्रतिनिधिहरुले स्वास्थ्य परीक्षण नगरि न्यून शुल्कमा प्रतिवेदन किन्ने र कम्पनीबाट सीमासम्म सोधभर्ना लिने सुन्नमा आएको भएतापनि प्रत्यक्ष देखिदा व्यवसायमा जोखिमको समेत वृद्धि भईरहेको देखिएको छ । यसको प्रत्यक्ष असर दावी मै हुने र कालान्तरमा बोनस मै प्रभाव पर्ने भएबाट कम्पनीको खर्चमा बढोत्तरी त छदैछ साथै स्वास्थ्य सम्बन्धि जोखिम समेत भरपूर प्रवेश गराईएको देखिएको छ । यसबाट सहि जोखिम मूल्यांकन कसरी गर्ने होला ?

आजको अवस्थाः संस्था वा अभिकर्ता व्यवसाय गर्ने प्रमुख माध्यम हुन । अझ उनीहरु बजार बिस्तारका लागि कम्पनीप्रति विश्वास गराउने प्रतिनिधि हुन् । प्रतिनिधिहरुले पहिलोपटक तालिम लिएपश्चात व्यवसाय गर्ने गरेता पनि तत्पश्चात उनीहरुलाई पुर्नताजगी तालिमका नाममा रमाईलो हुनेगरि अनेक कार्यक्रममा सहभागी गराईन्छ । व्यवसाय बढाउन मनोबल बढ्ने नयाँ  तरिकाहरु सिकाईन्छ । उत्प्रेरित गरिन्छ । स्वदेश, विदेश घुमाईन्छ । तर परिवर्तन भएका कुनै नीति नियमहरु, निर्देशिकाहरु, आवश्यकताहरुबारे अद्यावधिक गराईएको देख्न सुन्न पाईएको छैन् ।

कम्पनीको कर्तव्यः आफ्ना बजार प्रतिनिधिहरुले कम्पनीका सूचना, जानकारी, विशेषताहरुलाई बजारमा पु¥याएपश्चात व्यवसाय विस्तार हुने हन्छ । साथै, नियमन निकायबाट जारी भएका निर्देशिकाहरु, मौजुदा परिस्थितिका परिवर्तनहरु, नीति नियमहरु, व्यवसाय गर्दा ध्यान दिने व्यवस्थाहरुबारे पुर्नताजगी तालिम मार्फत आवश्यकतानुसार प्रदान गर्नु पर्ने महसुस भएको छ । यसबाट गुणस्तरिय र न्यून जोखिमयुक्त बीमा व्यवसाय गराउन सघाउ पुग्नेछ । यसले बीमाको जानकारी सहितको सचेतनामा बढावा हुन गई क्षेत्रलाई शुद्धिकरण गर्न सहज हुनेछ । यसका अलावा समय समयमा बजारीकरण बाहेकको तालिम सञ्चालन गर्ने, परिवर्तन विषयहरु सुसूचित गराउने व्यवस्था गर्न सक्नुपर्दछ । यसबाट शाखा कार्यालय मार्फत  हुने गरेका व्यवसायहरुमा देखिन सक्ने उल्लेखित कैफियतहरुलाई कम्पनीकै कर्मचारी वा निकायबाट न्यूनतम त्रैमासिक रुपमा आवधिक डकेट परीक्षण गर्ने व्यवस्था गर्न सके जोखिम न्यूनिकरण गर्न सहयोग पुग्न जाने हुदा“ कम्पनीहरुले कसरी योजना बनाउनेछन् हेर्न बा“की नै छ ।

नियमनकारी निकायको भूमिकाः बीमा सम्बन्धि विविध तालिमका कार्यक्रमहरु लिएर स्थानीय निकायमा पहु“च पु¥याउदै गर्दा र अण्डरराईटिङ्गबारे तालिम प्रदान गर्ने क्रममा आफूले जारी गरेका नीति नियमहरुको जानकारीहरुको अवस्था के छ, पालनामा कठिनाईको कारण के के छन्, सम्पत्ति शुद्धिकरणका प्रावधानले बीमाको व्यवसायमा पारेको प्रभावका बारेमा अन्र्तक्रिया गराउनु पर्ने अवस्था देखिएको छ ।
आगामी चुनौतीहरुः उल्लेखित विषयहरुको उठानका कारणबाट व्यवसाय बढाउन अन्य कम्पनीलाई मात्र प्रतिस्पर्धीको नजरले हेर्ने, बदख्वाई गर्ने र आवश्यक कागजातको अभावमा र जाली कागजातका आधारमा जीवन बीमा गरिदिने प्रवृत्तिले संख्यात्मक बीमा मात्र हुने हुँदा  दावीमा प्रत्यक्ष असर पर्ने देखिएको छ । जसबाट भविष्यमा प्राप्त हुन सक्ने बोनसमा पनि कमि (हाल व्यवस्था भएको फ्युचर बोनस प्रोभिजन बाहेकबाट ) हुने देखिन्छ । अन्ततोगत्वा व्यवसायप्रतिको विश्वासमा कमी हुन सक्नेछ ।

निष्कर्षः अभिकर्तालाई पुर्नताजगी तालिम प्रदान गर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धि कानूनमा भएको व्यवस्था जानकारी गराई गलत कार्य हुन सक्ने सम्भावनाबारे सचेत गराउने, बीमाको परम सद्विश्वासको सिद्धान्तलाई कायम राखी उच्च मनोबलका साथ व्यवसाय गराउन प्रोत्साहन गर्न सके बीमा प्रतिको विश्वासलाई कायम राख्न सघाउ पुग्नेछ ।
( कोईराला राष्ट्रिय बीमा संस्थानमा बीमा विज्ञका रुपमा कार्यरत छन् )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS