Connect IPS
IME Life

शेयर बजारमा बीमा कम्पनीहरुको १८ अर्ब १७ करोडको लगानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा शेयर बजारमा मात्रै १८ अर्ब १७ करोड रुपैयाँको लगानी गरेका छन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनीहरुले १५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमाशिक अवधिमा विभिन्न क्षेत्रमा तीन खर्ब ८८ अर्ब रुपैयाँ लगानी गरेका छन् । जस मध्ये ४.०३ प्रतिशत शेयर बजारमा सूचिकृत कम्पनीको साधारण शेयरमा लगानी गरेका हुन् ।

Prabhu
Crest

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले ६३ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेका छन् । जस मध्ये ३.९६ प्रतिशत सूचिकृत कम्पनीको साधारणस शेयरमा लगानी गरेको देखिन्छ ।

जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष धेरै हुने भएकाले उनिहरुको लगानीका क्षेत्र तथा दायार फराकिलो हुने गरेका छन् । बीमा कम्पनीहरुको लगानी हेर्दा उनिहरु दोस्रो बजारका ठुला लगानीकर्ता देखिएका छन् । नेपाल लाइफले सबैभन्दा धेरै ४ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्स १० करोड, राष्ट्रिय बीमा कम्पनी ८५ करोड, हिमालयन जनरल २ करोड ८८ लाख, युनाइटेड ४ करोड ८२ लाख, प्रिमियर १५ करोड, सगरमाथा १३ करोड, प्रभु २६ करोड, नेको ९ करोड, आइएमई जनरल ४ करोड ९७ लाख, प्रुडेन्सियल १० करोड, शिखर ३७ करोड, नेपाल पुनर्बीमाको ९ करोड ४७ लाख रुपैयाँ शेयर बजारमा लगानी रहेको देखिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS