IME Life New

चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेण्टको साधारण सभा आब्हान, लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडको पाँचौं वार्षिक साधारण सभा मंसिर २७ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सरस्वतीनगरमा दिउँसो ३ बजे हुनेछ ।

सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम शेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने एजेण्डा पारित गर्नेछ ।

त्यस्तै, सभाले नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य कुनै लघुवित्तसँग मर्जर वा प्राप्ति गर्नु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS