काठमाडौं । आज शेयर बजार बजार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २,७५७ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज हाइड्रोपावर, उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै १ दशमलव ८७ प्रतिशतले ट्रेडिङ उपसूचक घटेको छ । आज ६२ वटा कम्पनीको शेयर मुल्य बढेका छ भने ११५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २२५ वटा कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार रुपैयाँको शेयर कारोबार भउको छ । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको ५० करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेशनल हाइड्रोपावर कम्पनीको २३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २२ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक र मानुषि लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज तेह्रथम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव २१ प्रतिशतका दरले गुमाएका हुन् ।