काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने बिलम्व शुल्कमा शत प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरुमा मंसिर १ गतेदेखि २९ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा शत प्रतिशत ब्याज छुट गरिने जनाएको छ ।
ब्याज छुट गर्ने प्रयोजनका लागि अन्तिम किस्ता भुक्तानी भएको मितिबाट दुई वर्ष व्यतित भएका बीमालेखहरुलाई मात्र समावेश गरिने कम्पनीले जनाएको छ भने बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने समेत कम्पनीले जनाएको छ । थप जानकारीका लागि कम्पनीले शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।