Connect IPS
IME Life

अख्तियारले भन्योः स्थानीय तहमा सबैभन्दा बढी अनियमितता 

SPIL
NIC ASIA new
Sanima Reliance
काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहबाट हुने काममा सबैभन्दा वढी अनियमितता हुने तथ्यांक सार्वजनिक गरेको छ ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत रहेको स्थानीय तहमा हुने गरेको अनियमितताकै कारण यो मन्त्रालय अन्र्तगतका निकायमा सवैभन्दा वढी उजुरी दर्ता हुने गरेको अख्तियारको भनाइ छ ।

अख्तियारले सोमबार राष्ट्रपति विद्यादेबी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएपछि आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तह सम्वन्धि उजुरी सवैभन्दा वढी हुने गरेको औल्याएको हो ।

Prabhu
Crest

अख्तियारका अनुसार सवैभन्दा कम उजुरी भने अर्थ मन्त्रालय र सो अन्र्तगतका निकायकोे छ । संघीय मामला मन्त्रालय अन्र्तगतका उजुरीको संख्या ३२.७२ प्रतिशत हुँदा अर्थमा भने जम्मा २.०९ प्रतिशत उजुरी परेको छ ।

दर्ता भएका उजुरीलाई अख्तियारले मन्त्रालयगत रुपमा छुट्याएर अनियमितताको प्रतिशत सार्वजनिक गरेको हो ।

अख्तियारले यसवर्ष ११४ वटा भ्रष्टाचार र अनियमितताका  मुद्दा दर्ता गरेको जनाएको छ । यी मुद्दाहरुमा उसले एक अर्ब ८९ करोड, ४७ लाख ३५ हजार ४३४ रुपैयाँ बिगो दाबी गरेको छ ।

अख्तियारले प्रतिवेदनमा विभिन्न मन्त्रालयमा भएका अनियमितता र त्यसको निराकरणको उपाय समेत सुझाएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । न्युज कारखाना

हेर्नुहोस् अख्तियारको विज्ञप्ति 

ciaa

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS