IME Life
GBIME

आज नेप्से परिसूचक २६ अंकले बढ्यो, सबै उपसूचकमा छायो हरियाली

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २,७१५ दशमलव ३५ को विन्दुमा कायम भएको छ । आज १६२ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज २० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ३५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रि इन्भेष्टमेन्टको २८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज लुम्बिनी विकास बैंकको २३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति विकास बैंकको १३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, बोटलर्स नेपाल र मानुषि लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ६४ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS