काठमाडौँ चैत २२: मुलुकको प्रतिष्ठित बाणिज्य बैंक मध्येको एक सानिमा बैंकले विभिन्न सात पदमा कर्मचारी मागेको छ । बैंकले रिलेसनसिप मेनेजर, अफिसर काड्र बिजनेस, अफिसर काड्र्स अपरेसन, ब्रान्च मेनेजर, रेमिट्यान्स अफिसर, रिलेसनसिप अफिसर र अपरेसन अफिसर पदका लागि दरखास्त आह्वान गरेको हो ।
एक आवेदकले एउटा मात्रै पदमा आवेदन दिन पाउने बैंकले बताएको छ। आवेदक अनुभवी भएमा शैक्षिक योग्यतालाई प्राथमिकतामा नराखिने बताइएको छ । आवेदन अन लाइनमार्फत दिनुपर्नेछ अन लाइन आवेदन को लागि (https://career.sanimabank.com/) मा जानु पर्ने हुन्छ । आवेदन दिने म्याद १३ अप्रिल अर्थात चैत्र ३० गते साँझ ५ बजेसम्म रहेको छ ।