Connect IPS
IME Life

नेप्से परिसूचक ५९ अंकले घट्यो, कारोबार रकम ५ अर्ब ११ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २,६९० दशमलव २९ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक ४ दशमलव २२ प्रतिशतले घटेको छ ।

आज दिनभरिमा २२५ वटा कम्पनीको शेयर कारोबार हुँदा ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ४७ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३१ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको २९ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्याति विकास बैंकको १३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । साहस उर्जा कम्पनीका लगानीकर्ताले ७ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS