IME Life New

नेपाल इन्स्योरेन्सकाे शतप्रतिशत (१:१) हकप्रद सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ चैत्र २२: नेपाल इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख ५ गते देखि १ः१ अनुपातमा हकप्रद शेयरको बिक्री खुला गर्देछ ।

एनआईबिएल एस क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशन हुने एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयरमा बिहीबारसम्म (चैत्र २२ गते) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र आवेदन गर्न पाउनेछन् ।

Esewa
Crest

शेयरधनीहरुले हकप्रदमा विक्री प्रबन्धकका साथमा नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट २०७५ जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख ७० हजार पुग्नेछ । इन्स्योरेन्सको शतप्रतिशत हकप्रदले समेत पाउने गरि २.२६२ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।

नेपाल इन्स्यारेन्सको गत फागुन ३० गते सम्पन्न भएको ६७ र ६८ औं बार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

बीमा समितिले निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले आगामी असार मसान्तभित्र एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्नेछ । कम्पनीकाे सेयरमूल्य बुधबार प्रतिकित्ता ८५० रूपैयाँमा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS