Connect IPS
IME Life

शेयर बजारमा भारी गिरावट, एकैदिन ७९.७९अंकले घट्यो नेप्से परिसूचक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २,७४९ दशमलव ८५ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै फाइनान्स उपसूचक ५ दशमलव २९ प्रतिशतले घटेको छ । आज ७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२५ वटा कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस उर्जाको २५ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

अपि पावर कम्पनीको २२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको २० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मानुषी लघुवित्त वित्तीय संस्था, साहस उर्जा र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । यूनिलिभर नेपालका लगानीकर्ताले १ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज आइसीएफसी फाइनान्स कम्पनी र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS