IME Life New

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार १ हजार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सोमवार तेजाबी सुनको भाउ प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार प्रतितोला १ हजार २५० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS