Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA new
Sanima Reliance
काठमाडौं । मुक्तिनाथ विकास  बैंक लिडर विकास बैंक भए पनि  लुम्बिनी विकास बैंक पनि आधारभूत रुपमा निकै बलियो विकास बैंकका रुपमा चिनिन्छ । दुवै विकास बैंकले आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई विकास बैंक बीच इन्स्योरेन्स खबरले आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको आधारमा गरेको तुलनात्मक अध्ययन: 
प्रस्तावित लाभांश :
प्रस्तावित लाभांशलाई हेर्दा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट मुक्तिनाथ विकास बैंकले १७ दशमलव ५७ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ९२५ प्रतिशत नगद लाभांश गरी जम्मा  १८ दशमलव ५० प्रतिशत लाभांश  प्रस्ताव गरेको छ ।
त्यस्तै लुम्बिनी विकास बैंकले भने १० प्रतिशत बोनस शेयर र ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश गरी जम्मा १३ दशमलव ७१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । दुवै विकास बैंकले साधारण सभा प्रयोजनार्था बुक क्लोज गर्न बाँकी नै छ।
चुक्ता पुँजीको आधारमा :  चुक्ता पूँजीको आधारमा मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रहेको छ भने लुम्बिनी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ९१ करोड रहेको छ ।जगेडा कोषको आधारमा : शेयर प्रिमियम, संचित मुनाफा सहितको जगेडा कोषलाई हेर्ने हो भने लुम्बिनी विकास बैंकको सो कोष बढी छ । लुम्बिनी विकास बैंकको जम्मा जगेडा कोषमा २ अर्ब ५३ करोड रहेको छ भने मुक्तिनाथ विकासको जगेडा कोषमा २ अर्ब ३२ करोड रहेको छ ।निक्षेप र कर्जाको आधारमा : बैंकहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा मुक्तिनाथ विकास बैंकले ९७ अर्ब १७ करोड निक्षेप संकलन गरी ८५ अर्ब ०४ करोड कर्जा प्रवाह गरेको छ भने लुम्बिनी विकास बैंकले ३६ अर्ब ५५ करोड निक्षेप संकलन गरी ३२ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ।खुद व्याज आम्दानीको आधारमा : आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८४ करोड खुद व्याज आम्दानी गरेकोमा लुम्बिनी विकास बैंकले ३३ करोड खुद व्याज आम्दानी गरेको छ।खुद मुनाफा : आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३५ करोड खुद नाफा गरेकोमा लुम्बिनी विकास बैंकले २१ करोड खुद नाफा गरेको छ।

किताबी मूल्य : बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ७८/ ७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा लुम्बिनी विकास बैंकको किताबी मूल्य १८७  रुपैयाँ छ भने मुक्तिनाथ विकास बैंकको किताबी मूल्य १४८ रुपैयाँ छ।

Prabhu
Crest

वार्षिक प्रति शेयर आम्दानी : आर्थिक वर्ष ७८/७९को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा मुक्तिनाथ विकास बैंकको वार्षिक प्रति शेयर आम्दानी २८ रुपैयाँ छ भने लुम्बिनी विकास बैंकको वार्षिक प्रति शेयर आम्दानी २९ रुपैयाँ  छ ।

बजार मूल्य : कार्तिक २२ गतेको बजार मूल्य अनुसार मुक्तिनाथ विकास बैंकको बजार मूल्य ७३२ रुपैयाँ रहकोमा लुम्बिनी विकास बैंकको बजार मूल्य ६४८ रुपैयाँ रहेको छ।

खराब कर्जा :  बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा मुक्तिनाथ विकास बैंकको खराब कर्जा शुन्य दशमवल २३ प्रातिशत रहेकोमा लुम्बिनी विकास बैंकको १ दशमलव ३१ प्रतिशत छ।

मूल्य आम्दानी अनुपात : कार्तिक २२ को बजार मूल्य अनुसार मुक्तिनाथ विकास बैंकको मूल्य आम्दानी अनुपात २५  गुणा रहेको छ बहने लुम्बिनी विकास बैंकको २२ गुणा रहेको छ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS