IME Life
GBIME

१९ अंकले घट्यो शेयर बजार, तीन उपसूचक बाहेक सबै रात्ताम्मे

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव २० अंकले घटेर २,८२९ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज फाइनान्स, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट उपसूचक बढेका छन् । अन्य बाँकि उपसूचक घटेका छन् । आज ४२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३० वटा कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ७ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको ५२ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बेंकको ३० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको २२ करोड ४० लाख रुपैयाँको शेयर करोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १४ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनी र साहस उर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मानुषी लघुवित्तका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ९६ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS