IME Life New

खराब कर्जा व्यवस्थापनमा सानिमा बैंक सबैभन्दा सफल, अन्य बैंकको अवस्था कस्तो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २७ वाणिज्य बैंकले आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । २७ बैंकमध्ये ४ वाणिज्य बैंक बाहेक सम्पूर्णले खराब कर्जा  घटाएका छन्। सिटिजन्स बैंक, नबिल बैंक, एनआईशी एशिया र माछापुछ्रे बैंक बाहेक अन्य सबै बैंकले खराब कर्जा घटाउन सफल भएका छन्। कोरोना महामारी बीच पनि खराब कर्जालाई निकै कम राख्न सफल हुने नेपाली बैंकको व्यवस्थापन सफल भएको प्रमाणित हुन्छ।  सरकारी लगानी रहेका बैंकहरुमा खराब कर्जा धेरै र निजी क्षेत्रको लगानी रहेका बैंकमा भने खराब कर्जा थोरै रहेको तथ्यांकले देखाएको छ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा सर्वाधिक धेरै :
सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३ दशमलव ०१ प्रतिशत रहेको छ। बैंकको खराब कर्जा सर्वाधिक भए पनि खराब कर्जा घटाउन  भने सफल भएको छ। समिक्षा अवधिमा खराब कर्जा ४ दशमलव १ प्रतिशत थियो।  दोश्रोमा नेपाल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा २ दशमलव २७ प्रतिशत , कृषि विकास बैंकको २ दशमलव ०८ प्रतिशत र नेपाल बैंकको २ प्रतिशत छ।  दुई प्रतिशत भन्दा धेरै खराब कर्जा भएका ४ वाणिज्य बैंक छन् , जसमा तीन सरकारी लगानी भएका वाणिज्य बैंक छन्।

Esewa
Crest

सबै भन्दा कम खराब कर्जा सानिमा बैंकको :
सानिमा बैंकको खराब कर्जा सबैभन्दा थोरै रहेको  छ। बैंकको खराब कर्जा शुन्य दशमलव ११ प्रतिशत छ।  बैंकले खराब कर्जा शुन्य दशमलव ४० प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS