IME Life New

नबिल र एनआईसी एशिया बैंकलाई दाँजेर हेर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक र एनआईसी एशिया बैंक एक नम्बर बन्न टक्कर दिदै आएका बैंक हुन्। केही समय यता एनआईसी एशिया बैंक आक्रामक रुपमा व्यापार गर्दै सबै वाणिज्य बैंकलाई टक्कर दिदै आएको छ। दुवै बैंकले आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको आधारमा गरेको तुलनात्मक अध्ययन:

Esewa
Crest

 

प्रस्तावित लाभांश :
प्रस्तावित लाभांशलाई हेर्दा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट नबिल बैंकले ३३.६ प्रतिशत बोनस शेयर र ४ दशमलव ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै एनआईसी एशिया बैंकले भने १५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । दुवै बैंकले बुक क्लोज गर्न बाँकी नै छ ।

चुक्ता पुँजीको आधारमा :  चुक्ता पूँजीको आधारमा एनआईसी एशिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रहेको छ भने नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रहेको छ ।

जगेडा कोषको आधारमा :  जगेडा कोषलाई हेर्ने हो भने नविल बैंकको बढी छ । नबिल बैंकको जगेडा कोषमा १५ अर्ब ६३ करोड रहेको छ भने एनआईसी एशियाको जगेडा कोषमा ८ अर्ब २५ करोड रहेको छ।

निक्षेप र कर्जाको आधारमा : बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकले २ खर्ब ७८ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६४ अर्ब कर्जा प्रवाह गरेको छ भने नबिल बैंकले २ खर्ब २५ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७ अर्ब कर्जा प्रवाह गरेको छ।

खुद व्याज आम्दानीको आधारमा : बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब ७८ करोड खुद व्याज आम्दानी गरेकोमा नबिल बैंकले २ अर्ब २४ करोड खुद व्याज आम्दनी गरेको छ।

खुद मुनाफा : बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब १८ करोड खुद नाफा गरेकोमा नबिल बैंकले १ अर्ब ११ करोड खुद नाफा गरेको छ।

किताबी मूल्य : बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ७८/ ७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा नबिल बैंकको किताबी मूल्य २४७ रुपैयाँ छ भने एनआईसी एशिया बैंकको किताबी मूल्य १८९ रुपैयाँ छ।

वार्षिक प्रति शेयर आम्दानी : बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकको वार्षिक प्रति शेयर आम्दानी ४० रुपैयाँ ८४ पैसा छ भने नबिल बैंकको वार्षिक प्रति शेयर आम्दानी ३२ रुपैयाँ १४ पैसा छ ।

बजार मूल्य :  कार्तिक १७ गतेको बजार मूल्य अनुसार एनआईसी एशिया बैंकको बजार मूल्य ८६९ रुपैयाँ रहकोमा नबिल बैंकको बजार मूल्य १६५३ रुपैयाँ रहेको छ।

वितरण योग्य मुनाफा : बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा २२ करोड रहेकोमा नबिल बैंकको वितरणयोग्य मुनाफा ८५ करोड रहेको छ।

खराब कर्जा :  बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकको खराब कर्जा शुन्य दशमवल ४९ रहेकोमा नबिल बैंकको १ प्रतिशत भन्दा माथि छ। 

मूल्य आम्दानी अनुपात :  कार्तिक १७ को बजार मूल्य अनुसार एनआईसी एशिया बैंकको मूल्य आम्दानी अनुपात २१ गुणा रहेको छ बहने नबिल बैंकको ५१ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS