IME Life New

तिलोत्तमा नगरले २० जनालाई उत्कृष्ट उद्यमी घोषणा गर्यो 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट २० उद्यमी घोषणा गर्दै सम्मान गरेको छ । तिलोत्तमामा उद्योग सञ्चालन गरेर उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउनले २० उद्यामीलाई बुधबार नगरपालिकाले सम्मान गरेको हो ।

नगरपालिकाले उद्यमशील तिलोत्तमाको परिकल्पनासहित दायित्व नामक संस्थासँग सहकार्य गरी नगरप्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम सञ्चालन गरेको थियो । सोही अन्तर्गत २० जना उद्यमीलाई छनोट गरी सम्मान गरेको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।

उद्यम द्रुतीकरण कार्यक्रम अन्तर्गत गत १९ चैतमा आवेदन माग गरिएकोमा एक सय २५ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ४० जनालाई सम्भावित उत्कृष्ट उद्यमीको रुपमा छनोट गरिएको थियो । ४० जनामध्येबाट नगरपालिकाले तोकेको मापदण्डका आधारमा २० जनालाई उत्कृष्ट घोषणा गरेको नगरप्रमुख घिमिरेको भनाइ छ ।

Esewa
Crest

उत्कृष्ट उद्यमी छनोटका लागि तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालको संयोजकत्वमा, कृषि विकास बैंक, मंगलापुरका वरिष्ठ शाखा अधिकृत, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम तिलोत्तमाका संयोजक देवेन्द्र ज्ञवाली, कृषि प्राविधिकहरू अस्मिता भण्डारी र विन्दु रायमाझी सदस्य रहेकाे पाँच सदस्सीय अवलोकन तथा मूल्यांकन समिति गठन गरिएको थियो ।

ति २० उद्यमीलाई अब थप तालिम प्रदान गरिने र त्यसमध्ये भोटिङको आधारमा १० जना उत्कृष्ट छनोट हुनेछन् । नगरप्रमुख घिमिरेका अनुसार छनोट भएका १० जनाले २५–२५ हजारका दरले बीचकोष प्राप्त गर्नेछन् । त्यस्तै १० उद्यमीबीचको प्रतिस्पर्धाका आधारमा एक जनालाई सर्वोत्कृष्ट घोषणा गर्दै एक लाख पुरस्कार दिइनेछ । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS