Connect IPS
IME Life

५ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ६ अर्ब ५५ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव २२ अंकले बढेर २,८४८ दशमलव ८४ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, होटल्स एण्ड टुरिजम, निर्जीवन बीमा, जीवन बीमा तथा इन्भेष्टमेन्ट उपसूचक घटेका छन् । आज ७४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १११ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको १ अर्ब १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३५ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज अपि पावर कम्पनीको २८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको २१ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । साहस उर्जा कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । अरुण कावेली पावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै छयाङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ५९ प्रतिशतका दरले गुमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनकिा लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS