IME Life New

एलन मस्कले भने मेरो दुई प्रतिशत सम्पत्तिले संसारकाे भोकमरी अन्त्य हुन्छ भने टेस्ला बेच्छु 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका चर्चित धनाढ्य एलन मस्कले आफ्नो दुई प्रतिशत सम्पत्तिले विश्वको भोकमरी समस्या समाधान हुन्छ भनी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको भनाइप्रति आश्चर्य व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत् मस्कले विश्व खाद्य कार्यक्रमले यसबारे थप स्पष्ट पार्नुपर्ने आग्रह गरेका छन्।

यदि साँच्चिकै आफ्नो दुई प्रतिशत सम्पत्तिले विश्वको भोकमरी अन्त्य हुन्छ भने टेस्लाको सेयर बच्न तयार रहेकोसमेत उनले स्पष्ट पारेका छन्।

‘मेरो आम्दानीको दुई प्रतिशत अर्थात् ६ बिलियन डलर (७ सय २४ खर्ब) ले कसरी विश्वको भोकमरी अन्त्य हुन्छ भनी विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले यही ‘थ्रेड’मा स्पष्ट व्याख्या पार्नुपर्छ, त्यसो हो भने म अहिल्यै टेस्लाको सेयर बेचेर त्यो काम गर्छु। त्यसको लेखा प्रणाली चाहिँ एकदमै पारदर्शी हुनुपर्छ, रकम कसरी खर्च भएछ भनेर जनताले थाहा पाउनुपर्छ,’ मस्कले ट्वीटरमा लेखेका छन्। पछिल्लो विश्वका सबैभन्दा धनाढ्य व्यक्ति जेफ बेजोसलाई उछिन्दै मस्क नम्बर एक धनाढ्य व्यक्ति बनेका छन्।

Esewa
Crest

केही दिनअघि औंलामा गन्न सकिने सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले विश्वको भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका निर्देशकले बताएका थिए। विश्वका खर्बपतिहरूले एकचोटी आफ्नो आम्दानीको केही अंश खर्च गरेमा भोकमरीसँग जुध्न सहज हुने निर्देशक डेभिड बिस्लेले जनाएका थिए।

‘भोकमरीले ग्रस्त विश्वका करिब चार करोड २० लाख जनसंख्यालाई खुवाउनका लागि सात खर्ब २१ अर्ब रुपैयाँ चाहिन्छ, यदि हामीले सहयोग गरेनौं भने तिनीहरूको मृत्यु हुन्छ,’ उनले भनेका थिए।

टेस्लाका प्रमुख कार्यकारी मस्कको कुल सम्पत्ति २८९ बिलियन अमेरिकी डलर (तीन सय ४७ खर्ब रुपैयाँ) रहेको ब्लुमवर्गले जनाएको छ। मस्कको यो रकमको केवल दुई प्रतिशत रकम दान गर्न डब्लुएफपीका निर्देशक बिस्लेले आग्रह गरेका थिए। दक्षिण अफ्रिकामा जन्मिएका धनाढ्य व्यापारी मस्क अमेरिकामा बस्दै आएका छन्। डब्लुएफपीका निर्देशकको यही भनाइप्रति मस्कले आश्चर्य व्यक्त गर्दै जिज्ञासा राखेका हुन्।

कोभिड-१९ को महामारी सुरु भएपछि अमेरिकी धनाढ्यहरुको आम्दानी दोब्बर भएको इन्स्टिच्युट फर पोलिसी स्टडीजले उल्लेख गरेको छ। बिस्लेका अनुसार कोभिड-१९ र जलवायु परिवर्तनजस्ता भयानक समस्याले गर्दा धेरैै मुलुकहरू भोकमरीको चपेटामा परेका छन्। योसँग जुध्नका लागि विश्वका खर्बपतिहरूले सहयोग गर्नुपर्ने उनको आग्रह छ।

युद्धग्रस्त अफगानिस्तानको आधा जनसंख्या अर्थात् दुई करोड २८ लाख मानिसले एकदमै गम्भीर भोकमरी समस्या सामना गर्नुपरेको विश्व खाद्य कार्यक्रमले सोमबार जारी गरेको रिपोर्टमा उल्लेख छ। बढ्दो बेरोजगारी र तरलता अभावले गर्दा विभिन्न मुलुकले मानवीय संकटको सामना गरिरहेका छन्। रिपोर्टका अनुसार अफगानिस्तानका पाँच वर्षमुनिका ३२ लाख बालबालिका जोखिममा छन्।

(एजेन्सीको सहयोगमा न्युज कारखानाले तयार पारेको सामग्री)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS