Connect IPS
IME Life

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए पदबाट राजीनामा

SPIL
NIC ASIA new
Sanima Reliance
विराटनगर। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गरेका हुन् ।

आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । यसअघि ७ कात्तिकमा विश्वासको मत विभाजनका लागि बैठक बोलाइएको थियो । तर, एमाले र कांग्रेसले बैठक स्थगन गर्न निवेदन दिएपछि आज (सोमबार) का लागि बैठक बोलाइएको थियो ।

प्रदेश १ मा ९२ सांसद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाको एक सांसद छ ।

Prabhu
Crest

विश्वासको मत प्राप्त गर्न आचार्यलाई ४७ सांसद आवश्यक पर्छ । तर एमालेसँग ४१ सांसद भएकाले विश्वासको मत पाउन नसक्ने देखिएपछि आचार्यले पदबाट राजीनामा दिएका हुन् । न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS