Connect IPS
IME Life

बोर्ड र नेप्सेमा नयाँ नेतृत्व आउने प्रकृयाँ सुरु भए सँगै शेयर बजार पुरानै लयमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको आवेदन खुला गरे सँगै शेयर बजार पुरानै लयमा फर्किएको छ । लामो समयदेखि खालि रहेको दुबै पदमा अवको १५/२० दिन भित्रमा बोर्डको अध्यक्ष र नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्ति हुने चर्चाले शेयर बजारमा सुधार देखिएको हो ।

यस अगाडीका अध्यक्ष भिष्मराज ढुङ्गानाले बैंकलाई ब्रोकर लाइसेन्स दिने साथै अन्य ब्रोकरहरुको पनि लाइसेन्स खुला गर्ने भन्ने विषयले विध्यमान ब्रोकरहरु रुष्ट भएका थिए । अहिलेका ब्रोकरहरु रुष्ट हुँदा केहि समय शेयर बजार नै प्रभावित भयो ।

Prabhu
Crest

ब्रोकरहरु अहिलेदेखिनै धितोपत्र बोर्डमा आफ्नो मान्छे आउने र उक्त व्यक्तिले नयाँ ब्रोकरको लाइसेन्स खुला नगर्ने उनिहरुको दाबी छ । अहिले ब्रोकरहरुले नै अव बजारमा बोर्ड र नेप्सेमा नयाँ नेत्रृत्व आउने र बजार केहि समय पोजेटिभ देखिन बताउन थालेका छन् ।

यसै क्रममा कार्तिक २ गते पछि मात्रै ३२६ अंकले सुधार भएको छ । आज आइतबार पनि नेप्से सूचक ५५.५० अंकले सुधार भएको छ । सूचकमा देखिएको सुधार सँगै कारोबार रकम पनि बढेको छ । आज दोस्रो बजारमा ७ अर्ब ८२ करोड रुपैयाँको खरिद बिक्री भएको छ ।

बजारमा आएको उछाल सँगै १० वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । आज सकारात्मक सर्किट लाग्नेमा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास, सामुदायिक लघुवित्त, पाचथर पावर, हिमालयन उर्जा लगायत छन् ।

केहि समयदेखि ब्रोकहरुकै कारण पनि शेयर बजारमा पहिरो गएको थियो । सरकारले नयाँ ब्रोकर लाइसेन्स खुला गरिदिने हल्लाले संसकित ब्रोकरहरुले लगानीकर्ताहरुलाई शेयर खरिद नगर्न अनुरोध गर्दै आइरहेका थिए । यसै क्रममा कतिपयले ठुला लगानीकर्ताको कोल्याट्रल नै सून्य बनाइदिएका थिए । उनिहरुले भनेजस्तै शेयर बजारमा पहिरो पनि गयो । अर्को तर्फ जव उनिहरुले शेयर किन्न सुरु गर्दा हुन्छ भनेका थिए त्यस पछि शेयर बजारमा लगातार सुधार भइरहेको छ ।

बजार सुधार हुने क्रममा पुनः जलविद्युत कम्पनी, विकास बैंक तथा फाइनान्सकै शेयर मूल्य उचालिन थालेको छ । शेयर बजारमा तिब्र उछाल आउदा पनि बाणिज्य बैंकहरुको शेयरमा भने खासै चाम देखिदैन । ब्रोकर तथा ठुला लगानीकर्तालाई  फाइनान्स, विकास बैंक, हाइड्रोपावरको शेयर बढाउन सबैभन्दा सजिलो पर्छ । त्यस्तै आज बीमा कम्पनीहरुको शेयर मूल्यमा पनि सुधार देखिएको छ ।

यहि हिसावले बजार सुधार हुन थाल्यो भने कार्तिक मसान्तसम्ममा शेयर बजारले पुरानो अधिकतम विन्दुलाई उछिनेर अगाडी बढ्ने देखिन्छ । शेयर बजार अधिकतम विन्दुमा भएको समयको तुलनामा अहिले सम्पुर्ण कम्पनीको शेयर मूल्य तल्लै विन्दुमा छ । असोज अन्तिम सातामा शेयर खरिद गरेकाहरु अहिले अकुत मुनाफामा छन् । यस अवधिमा ब्रोकरहरुले नै शेयर खरिद गरेको विश्लेषकहरु बताउछन् । बजार सबैभन्दा तल्लो विन्दुमा भएको बेलामा अरुलाई शेयर नकिन भन्ने जव बजार सुधार हुँदै जान्छ अनि अव शेयर किन्दा हुन्छ भन्दै गर्दा उनिहरुले नै शेयर बिक्री गरेर बाहिरिन्छन् । यहि खेलामा साना ठुला लगानीकर्ताहरु फस्ने गरेका छन् ।

शेयर बजार आफैमा जोखिम युक्त क्षेत्र हो । जसले जोखिम बहन गर्न सक्छ उसका लागि शेयर बजार उपयुक्त हुन्छ तर अन्य साधारण व्यक्तिहरुका लागि शेयर बजार खासै उपयुक्त हुँदैन । शेयर बजारको प्राविधिक तथा अन्य शैद्धान्तिक पक्षलाई पनि उत्तीकै ध्यान दिनु पर्छ । अनि मात्रै शेयर बजारमा सफल हुन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS