IME Life New

नेपालबाटै बेलायती विश्वविद्यालयमा पढ्ने विद्यार्थीको संख्या ४२ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपालमै अध्ययन गरेर बेलायती विश्वविद्यालयको डिग्री हासिल गर्ने विद्यार्थीको संख्या एक वर्षको अवधिमा उल्लेख्यरुपमा बढेको छ। २०१८-१९ को तुलनामा बेलायती विश्वविद्यालयमा भर्ना भएर नेपालमै बेलायती शिक्षा हासिल गरिरहेका विद्यार्थीको संख्या २०१९-२० मा आइपुग्दा ४२.४ प्रतिशतले बढेको छ ।

वर्ल्ड युनिभर्सिटी न्यूजले प्रकाशन गरेको समाचार अनुसार २०१९-२० मा नेपालकै शिक्षण संस्थामा अध्ययन गर्ने गरी बेलायती विश्वविद्यालयहरुमा भर्ना भएका नेपाली विद्यार्थीको सङ्ख्या ७,२३० पुगेको उल्लेख छ। यो दक्षिण पूर्वी एसिया र एसियाली देशहरुमध्ये सबैभन्दा द्रूतगतिमा भएको वृद्धि प्रतिशत हो। श्रीलंकाली विद्यार्थीको संख्याहरु ३० हजार ७५५ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा लगभग २२% ले वृद्धि भएको छ। चीनियाँ विद्यार्थीको संख्या १६.३ प्रतिशतले बढेर ४८‌हजार ७ सय पुगेको छ। मलेसियाली विद्यार्थीको संख्या सबैभन्दा सबैभन्दा ठूलो संख्या छ।‌यो संख्या गत वर्ष ४९‌ हजार १६० रहेको थियो।

Esewa
Crest

बेलायती विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर नेपालमा अध्यापन गराउनको सम्बन्धन शुल्कको अतिरिक्त प्रति विद्यार्थीको दरले भर्ना शुल्क, सलामी दस्तुर पनि नेपाली शिक्षण संस्थाले बेलायती विश्वविद्यालयलाई तिर्नुपर्छ। तर यस्तो शुल्कवातपको खर्च नेपाली विद्यार्थी उतै गएर अध्ययन गर्दा लाग्ने कूल खर्चको तुलनामा सस्तो हुन्छ। नेपालमै बसेर बेलायती विश्वविद्यालयको डिग्री हासिल गर्ने अवसरका कारण विद्यार्थीको विदेश पलायन रोक्न थोरबहुत भएपनि योगदान पुग्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS