IME Life New

माण्डवी नगरपालिकामा बीमा समिति, कृषि तथा पशुपन्छी बीमाका लागि कम्पनी नै आउदैनन !

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले प्युठान जिल्लाको माण्डवी नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीधर रोका, व्यापारी, व्यवसायी, बीमा कम्पनीका कर्मचारी, कृषक लगायत ५५ जना भन्दा धेरैको सहभागिता थियो ।

निर्देशक सुवेदीले बीमा सम्बन्धि जानकारीमुलक प्रस्तुतिकरण दिएका थिए । कार्यक्रमको सञ्चालन उप निर्देशक कुन्दन सापकोटाले गरेका थिए पनि स्वागत मन्तव्य सुन्दर प्रसाद शर्माले दिएका थए ।

Crest

यस गाउँपालिकामा पनि अन्यन्त्र जस्तै कृषि बीमाको विषयमा सहभागीहरुले गुनासो तथा समस्याको जानकारी दिएका छन् । सहभागीहरुले कृषि तथा पशुपन्छी बीमा गर्न खोजेको तर बीमा कम्पनीहरु नै नआउदा बीमा गर्न नपाएको भन्दै गुनासो गरेका छन् ।

बीमा कम्पनीका कर्मचारीहरुलाई सम्पर्क गर्दा पनि उनिहरु नआएको भन्दै बीमा कम्पनीको शाखा कार्यालय वा प्रतिनिधिहरुको उपलब्धता गराइदिन उनिहरुले समितिलाई अनुरोध गरेका छन् । बीमा कम्पनीहरुको शाखा कार्यालय प्युठान जिल्लाको सदरमुकाम खलङ्गामा रहेको तर बीमा कम्पनीका प्रतिनिधि यस क्षेत्रमा पुग्न धेरै समय लाग्ने भएकाले पनि नगएको पाइएको समितिले जनाएको छ । बीमा समितिका प्रतिनिधिहरुले बीमा कम्पनीहरुले यस क्षेत्रमा आएर सेवा प्रवाह गर्न आदेश सहित परिपत्र जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बीमा समितिले बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुति दिए पछि स्थानीय जनप्रतिनिधिहरुले यस क्षेत्रमा दुर्घटना बीमाको आवस्यक्ता रहेको भन्दै यसलाई आफ्नो सेवामा टाइअप गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसका लागि गाउँपालिका तत्काल सम्पर्क व्यक्ति तोकिदिने अध्यक्ष रोकाले घोषणा गरेका थिए ।

अध्यक्ष रोकाले स्थानीय निकायका व्यक्ति तथा सर्वसाधारणलाई बीमा सम्बन्धी जानकारि प्रदान हुने किसिमका पाठ्यसामाग्री उपलब्ध गराइदिन समेत अनुरोध गरेका छन् । गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर सहितका जनप्रतिनिधिहरुलाई बीमा समितिले समय समयमा बीमा सम्बन्धी जानकारीमुलक अन्तर्क्रिया गर्न समेत उनले समिति समक्ष आग्रह गरेका थिए ।

बीमा कम्पनीहरुले लघुवित्त वित्तीय वित्तीय संस्था मार्फत लघु जीवन बीमा गर्ने गरेको तर एक दुई वर्ष पछि उक्त लघु वित्त वित्तीय संस्थाले बीमा शुल्क संकलनका लागि चासो नदिदा पोलिसी नै ल्याप्सेस हुने गरेको पाइएको छ । सहभागीहरुले ८/१० वर्ष अवधिको यस्तो पोलिसीको पहिलो एक दुई वर्ष बीमा शुल्क बुझाएको तर त्यस पछि कसरी बुझाउने भन्दै प्रश्न गरेका थिए ।

यस क्षेत्रमा केहि लघुवित्त वित्तीय संस्थाले यस्ता लघु बीमा पोलिसी बिक्री गराएर वास्ता नगरेको पाइएको छ । बाठाले आफ्नो बीमा कुन कम्पनीमा भएको छ भन्ने कुरा थाहा पाउछ तर अन्यलाई जानकारी हुँदैन त्यसैले गर्दा यस्तो समस्या देखिएको हो । यस्तो समस्या देखिएकोले यस क्षेत्रमा रहेका बीमा कम्पनीहरुलाई लघु बीमाको विवरण पठाउन निर्देशन दिइएको निर्देशक सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS