IME Life New

मध्ये भोटेकोशीको आइपिओ नतिजा तत्काल यसरी थाहाँ पाउन सकिन्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य भोटेकोशीको आइपिओ नतिजा सिडिएससीले आईपीओको लागि संचालन गरेको वेबसाइटमा हेर्न सकिने भएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज विहान ९ बजे आइपिओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीको प्राथमिक शेयर ८ लाख १९ हजारले १०/१० कित्ताको दरले प्राप्त गरेका छन् । त्यस्तै कम्पनीका कर्मचारीहरुले ३ लाख ६० हजार कित्ता र म्युचुअल फण्डहरुले ४ लाख ५० हजार कित्ता शेयर प्राप्त गरेका हुन् ।

Esewa
Crest

कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म सर्वासाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो । उक्त अवधिमा २० लाख ८८ हजार भन्दा धेरैले तीन करोड ६ लाख कित्ता भन्दा धेरैका लागि आवेदन दिएका थिए ।

 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS