IME Life New

मध्य भोटेकोशीको आईपीओ पर्यो कि परेन ? हेर्नुहोस् यी ४ साइटबाट नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । बाँडफाँडको नतिजा थाहा पाउन अझै दुई घण्टा कुर्नु पर्ने क्यापिटलले जनाएको छ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस मध्ये भोटेकोशीको वेबसाइट यहाँ क्लिक गर्नुहोस्  , बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट यहाँ क्लिक गर्नुहोस्, सिडीएससीको मेरो शेयरको वेबसाइट यहाँ क्लिक गर्नुहोस् , सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट यहाँ क्लिक गर्नुहोस्  बाट हेर्ने सकिने छ ।

Esewa
Crest

कम्पनीको प्राथमिक शेयर ८ लाख १९ हजारले १०/१० कित्ताको दरले प्राप्त गरेका छन् । त्यस्तै कम्पनीका कर्मचारीहरुले ३ लाख ६० हजार कित्ता र म्युचुअल फण्डहरुले ४ लाख ५० हजार कित्ता शेयर प्राप्त गरेका हुन् ।

कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म सर्वासाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो । उक्त अवधिमा २० लाख ८८ हजार भन्दा धेरैले तीन करोड ६ लाख कित्ता भन्दा धेरैका लागि आवेदन दिएका थिए ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS