काठमाडौं । बीमा समितिले ताप्लेजुङ जिल्लाको युवावर्ष माध्यमिक विद्यालयका विद्यार्थीहरु सँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिको उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक चन्द्रमणी न्यौपाने, फुङलिङ्ग नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष सहित कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरुको उपस्थिती थियो ।
समितिका सहायक निर्देशक विनोद कुमार पोख्रेल तथा सहायक प्रथम टेकराज पाण्डेले विद्यार्थीहरुलाई बीमा सम्बन्धी आधारभुत जानकारी दिएका थिए । छलफलका क्रममा विद्यार्थीहरुले निर्जीवन बीमाको बारेमा अनविज्ञता व्यक्त गरेका थिए । सहभागी विद्यार्थीहरुले जीवन बीमा, निर्जीवन बीमा, पशु बीमा लगायतका विषयमा प्रश्न गरेका थिए । विद्यार्थीहरुको बीमा प्रतिको जिज्ञासालाई बीमा समितिका प्रतिनिधिहरुले मेटाएका छन् ।