काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले चिफ कम्प्लेन्स एण्ड रिक्स अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, चिफ अपरेटिङ अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, चिफ विजनेश डेभलपमेन्ट अफिसरमा असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि, हेड अपरेशनका लागि र हेड डिपोजिट मार्केटिङका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १७ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।