काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको २० प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले १९ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश सहित २० प्रतिशत लाभांशको घोषणा गरेको हो ।
कार्तिक १० गते दिउसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्ने छ । साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।
संस्थाको हालको चुक्ता पूँजी १२ करोड ७३ लाख रुपैयाँ छ । प्रस्तावित २ करोड ४१ लाख रुपैयाँ बोनश शेयर वितरण पछि चुक्ता पूँजी १४ करोड रुपैयाँ नाघ्ने छ ।