काठमाडौं । लगातार बढ्दै आएको शेयर बजार आज भने कारोबार रकम र परिसूचक दुबै बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बढेर २,७५१ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै होटल्स एण्ड टुरिजमको ७ दशमलव ५१ प्रतिशतले बढेको छ ।
आज दिनभरिमा २२७ वटा कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज कारोबार रकम पनि बढेको छ । आज सबैभन्दा धेरै कामना सेवा विकास बैंकको कारोबार भएको छ । बैंकको ४४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नविल बैंकको ३४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ७ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, साना किसान लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका छन् । सानिमा बैंक डिबेञ्चरका इकाईधनीले १ दशमलव ९६ प्रतिशतका दरले गुमाएका छन् ।