IME Life New

केयर रेटिङ नेपालको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केयर रेटिङ नेपाल लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आज कात्तिक ९ गते हुँदैछ । सभा दिनको २ः३० बजे केयर रेटिङ नेपाल लिमिटेडको दोस्रो तल्ला स्टार मल पुतलीसडकमा हुने कम्पनीले जनाएको छ ।

कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले पाँचौ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

सभाले २१ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, सभाले शेयरधनीहरुको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्त गर्ने पनि प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS