Connect IPS
IME Life

नेप्से परिसूचक भारी अंकले बढ्दा ४ अर्ब ३० करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज परिसूचक ८७ दशमलव ६३ अंकले बढेर २,६७२ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै इन्भेष्टमेन्ट र निर्जीवन बीमा उपसूचक ४ प्रतिशतभन्दा बढीले बढेका छन् ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको आज सबैभन्दा धेरै कारोबार भएको छ । आज बैंकको १६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज अपि पावर कम्पनीको १३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १२ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ११ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सांग्रिला डेभलपमेन्ट बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् । मेरो माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ९७ प्रतिशतका दरले गुमाएका छन् । यूनिलिभर नेपालका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS