IME Life New

शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि कार्तिक ८ गते एक दिन बुक क्लोज हुनेछ । त्यसैले आज कार्तिक ७ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले २९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । असोज २२ गते बसेको सञ्चालक समितिले लाभांश घोषणा गरेको हो । कम्पनीले कार्तिक १६ गते छैठौ वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा सोल्टी होटलमा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको छ ।

Esewa
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवदेन उपर छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ । सोही सभाले गत आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण प्रतिवेदन समेत पारिने गर्ने सामान्य प्रस्ताव छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ । उक्त सभाले प्रस्तावित लाभांश पारित गरे पछि शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS