काठमाडौं । राधी विद्युत् कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई इक्रा आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको हो । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ ।
इक्रा नेपालले उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र भएको र कुनै खास ऋणपत्र विशेषको राय भने नभएको बताएको छ ।
कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्काशन गर्नेछ ।