काठमाडौं । हिजो भारी अंकले घटेको बजार आज बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बढेर २,५७१ दशमलव ६६ को विन्दुमा कायम भएको छ । आज सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसुचक ५ दशमलव ८१ प्रतिशतले बढेको छ ।
आज १७९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज दिनभरिमा २१७ वटा कम्पनीको ६१ करोड १ लाख ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको ७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइबिएल प्रगति फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले २ दशमलव ३४ प्रतिशतका दरले गुमाएका छन् ।