नेप्से परिसूचक भाद्र २ गते सबै भन्दा धेरै ३१९८ को विन्दुमा बन्द भएको थियो । यो पटकको बुलिस प्रवित्तिमा हाईड्रोपावर उपसुचकमा निकै राम्रो प्रवित्ति देखिएको थियो । केही वर्ष पहिले बियरिस बजारमा धेरै हाईड्रोपावरको बजार मूल्य अंकित मूल्य एक सय भन्दा मुनी आएको थियो भने यो बुलिसमा सबै भन्दा राम्रो नाफा हाईड्रोपावरका लगानीकर्ताले पाएका थिए ।
भाद्र २ गतेको तथ्याङ्क हेर्दा रुरु हाइड्रोपावरको बजार मूल्य सर्वाधिक १७७० मा बन्द भएको थियो भने सबै भन्दा थोरै दिव्यश्वरी हाइड्रोपावरको मूल्य ४३७ थियो । सो दिन ४० वटा हाइड्रोपावर कम्पनीको शेयर कारोवार भएकोमा हाइड्रोपावर कम्पनीहरुको औसत बजार मूल्य ७०० थियो ।