IME Life New

स्वास्थ्य परिक्षणका लागि जीवन बीमा कम्पनीले खर्चिए १२ करोड २९ लाख रुपैयाँ, तर कागजमा मात्रै !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षणका लागि १२ करोड २९ लाख रुपैयाँ खर्चिएका छन् । तर यसरी खर्चिएको रकम वास्तविक स्वास्थ्य परिक्षणको लागि भने हुँदैन । बीमा कम्पनीहरुले औपचारिकताका लागि स्वास्थ्य परिक्षण रिपोर्ट तयार पार्छन् । कतिपय अभिकर्ता तथा बीमा कम्पनीका कर्मचारीको झोलामै अस्पताल तथा डाक्टरको छाप हुने गर्छ ।

तर उनिहरुले नियम अनुसार स्वास्थ्य परिक्षण गरेको भन्दै पैसा भने लिन्छन् । एकदमै थोरैले मात्रै स्वास्थ्य परिक्षणका लागि खर्च गरेको पाइन्छ । कम्पनीहरुले बीमितको उमेर र बीमाङ्कको आधारमा स्वास्थ्य परिक्षण गर्नै पर्ने हुन्छ । धेरै उमेर भएका बीमितको अनिवार्य स्वास्थ्य परिक्षण गर्नु पर्छ । कम्पनी अनुसार ५/१० लाख रुपैयाँ भन्दा धेरैको बीमा गर्दा स्वास्थ्य परिक्षण गर्नु पर्ने अवस्था छ । त्यस्तै वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुले अनिवार्य स्वास्थ्य परिक्षण गर्नु पर्छ ।

Esewa
Crest

बीमा गर्न अयोग्य व्यक्तिहरुलाई रोक्न स्वास्थ्य परिक्षण अनिवार्य गरिएको हो । क्यान्सर तथा गम्भिर प्रकृतिका रोग लागेका व्यक्तिको बीमा नहोस भनेर स्वास्थ्य परिक्षण गर्नु परेको हो । यसरी वास्तविक परिक्षण नै नगराइ बीमा गर्दा कम्पनीमा दाबी पर्न सक्ने जोखिम उच्च रहन्छ ।

गत आर्थिक वर्षमा १९ जीवन बीमा कम्पनीहरुले स्वास्थ्य परिक्षणका लागि १२ अर्ब २९ करोड रुपैयाँ खर्च गरेका छन् । जस मध्ये सबैभन्दा धेरै नेपाल लाइफले एक करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै नेशनल लाइफले एक करोड ३७ लाख रुपैयाँ, सिटिजन लाइफ एक करोड २६ लाख रुपैयाँ, युनियन लाइफ एक करोड १२ लाख रुपैयाँ खर्च गरेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले ८९ लाख रुपैयाँ, ज्योति लाइफले ७७ लाख, एशियन लाइफले ६५ लाख, आइएमई लाइफले ६१ लाख, रिलायबल लाइफले ५७ लाख, राष्ट्रिय बीमा संस्थानले ५१ लाख, प्राइम लाइफले ४७ लाख, गुराँस लाइफले ४१ लाख, सानिमा लाइफले ३९ लाख, सन नेपाल लाइफले ३४ लाख, महालक्ष्मी लाइफले २९ लाख, रिलायन्स लाइफले २७ लाख, प्रभु लाइफले २१ लाख, मेट लाइफ र सूर्या लाइफले १७ लाख रुपैयाँ खर्चिएका छन् ।

बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षणका लागि खर्च गर्नु पर्छ । जति धेरै खर्च भयो त्यति राम्रो हो । तर अहिले भएको खर्च वास्तविक परिक्षणका लागि खर्च भएको छैन । यसका लागि बीमा कम्पनीका उच्च व्यवस्थापन तथा बीमा समितिले उचित कदम चाल्नु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS