Connect IPS
IME Life

वाणिज्य बैंकले मुद्दति निक्षेपको ब्याज दर ११ प्रतिशतभन्दा माथि पुर्याए, एनआइसी एशियाको कर्जाको ब्याज दर पनि महँगियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । तरलता अभाव खेपिरहेका बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेप र कर्जा दुबैको ब्याजदर वृद्धि गरेका छन् ।

एनआइसी एशिया बैंक र हिमालयन बैंक लिमिटेडले मुद्दति निक्षेपको ब्याज दर ११ प्रतिशतभन्दा माथि पुर्याएका छन् । अधिकांश वाणिज्य बैंकहरुले ९.५५ प्रतिशतको हाराहारी कायम राखेको मुद्दति निक्षेपको ब्याज दर यी दुई वाणिज्य बैंकले ११ प्रतिशतभन्दा माथि कायम गरेका हुन् ।

Prabhu
Crest

कात्तिक महिनाको लागी लागू हुने गरी प्रकाशित ब्याज दर अनुसार एनआइसी एशिया बैंकले १ वर्षे मुद्दति निक्षेपको ब्याज दर ११.१० प्रतिशत कायम गरेको छ । एनआइसी एशियाले बचतको आधारभूत ब्याज दरमा ६ प्रतिशतसम्म थप जोडेर कर्जाको ब्याज दर कायम गर्ने सूचना प्रकाशन गरेको छ । यसैगरी कर्जाको लागी स्थिर ब्याज दर १३.८९ प्रतिशत कायम गरेको छ ।

त्यसैगरी हिमालयन बैंक लिमिटेडले मुद्दति निक्षेपको ब्याज दर ११.६७ प्रतिशत कायम गरेको छ । एनआइसी एशियाले साधारण बचत खाताको ब्याज दर ६.१० देखि ८.१० प्रतिशत कायम गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS