IME Life New

विश्वमा आजः इटालीका किर्तिमानी आरोही मेस्नरको लोत्से हिमाल आरोहणदेखि चीनको पहिलो आणविक परीक्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आज १६ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

किर्तिमानी आरोही मेस्नरको लोत्से हिमाल आरोहण
इटालीका आरोही रेनहोल्ड मेस्नरले नेपालको चौथो ठूलो हिमाल माउन्ट लोत्से आरोहण गरेका थिए ।  मेस्नर नेपालका सबै आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने पहिलो आरोही हुन् ।

चीनको पहिलो आणविक परीक्षण
सन् १९६४ मा चीनले लोप नुर भन्ने स्थानबाट पहिलो आणविक परीक्षण गरेको थियो । ची–१ नाम दिइएको परमाणु शक्तियुक्त उपकरणबाट २२ किलो टन युरेनियम बिस्फोट गराइएको थियो । यो परीक्षणसँगै अमेरिका र रसियापछि चीन विश्वको तेस्रो आणविक सम्पन्न राष्ट्र बनेको थियो ।

Esewa
Crest

खाद्य तथा कृषि संगठन
सन् १९४५ मा क्यानडाको क्युवेकमा राष्ट्रसंघको खाद्य तथा कृषि संगठन स्थापना भएको थियो ।

वाल्ट डिस्ने स्थापना
सन् १९२३ मा अमेरिकाका दुई दाजुभाइ वाल्ट र रोयले वाल्ट डिस्ने कम्पनी खोलेका थिए । मनोरन्जन दिने उद्देश्यले खोलिएको यो कम्पनी अहिले कार्टुन र एनिमेटेड मुभीको पर्यावाची बनेको छ ।

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS