IME Life New

कोभिडका कारण टिबीका बिरामी बढेः विश्व स्वास्थ्य संगठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी

जेनेभा: एक दशकपछि पहिलो पटक टिबीका विरामी विश्वव्यापी रुपमा बढेको छ । कोभिडका कारण स्वाथ्य उपचारमा पहँुच नहुँदा टिबीका बिरामी पनि बढेको विश्व स्वाथ्य संगठन (डब्लूुएचओ) ले जनाएको छ ।

उपचारको पहुँचमा समस्या हुँदा निको पार्न सकिने रोग उन्मुलन गर्न वर्षौदेखि भएका प्रयासमा अबरोध सृजना भएको छ । टिबीबाट अझै पनि विश्वभर लाखौ मानिस पीडित छन् ।

Esewa
Crest

‘पुरानो तथा निको पार्न सकिने रोगबाट प्रभावित लाखौ मानिसहरुको उपचारमा देखिएको खाडल पुर्न लगानीका लागि विश्वव्यापी आह्वान गर्नु तत्काल आवश्यक छ,’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस एडहानोम गिब्रेससले एक विज्ञप्तिमा भनेका छन्  ।

सन् २०२० को टिबीसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा डब्लूएचओले रोग निर्मूलको प्रयास कोभिडका कारण अझ प्रभावित भएको जनाएको छ । जसका कारण टिबी रोगीका बिरामी झनै बढेको उसले जनाएको छ ।

डब्लूएचओले विश्वभर करिव ४१ लाख मानिसमा  टिबी भएको तर उनीहरुले आफ्नो रोग आधिकारिक रुपमा सार्वजनिक नगरेको र उपचारका लागि अस्पताल नगएको जनाएको छ । सन् २०१९ टिबी रोगीको संख्या २९ लाख रहेको डब्लुएचओको तथ्यांकमा उल्लेख छ ।

टिबी रोगीलाई कोभिड १९ संक्रमणले अझै असर गरेको पनि डब्लुएचओले जनाएको छ । टिबीका लागि छुट्याइएको रकम कोभिड नियन्त्रणमा खर्च गरिएको र लकडाउनका कारण स्वास्थ्य उपचारको पहुँचमा कठिनाइ भएको  डब्लूएचओको भनाई छ ।

सन् २०२० मा टिबीबाट १५ लाख मानिसको मृत्यु भएको थियो ।

:न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS