IME Life New

बीमा क्षेत्रको विकासका लागि राष्ट्रिय बीमा नीति आवश्यक : सूर्य प्रसाद सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको समग्र विकास एवम विस्तारका लागि राष्ट्रिय बीमा नीति आवश्यक भएको बताएका छन् । विजया दशमी, शुभ दीपावली र छठ पर्वको उपल्क्षमा बीमा समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष सिलवालले मुलुकको बीमा क्षेत्रलाई नीतिगतरुपमा आवद्ध गराउन राष्ट्रिय बीमा नीति आवश्यक भएकोले त्यसका लागि अर्थ मन्त्रालयसँग आग्रह गरेको जानकारी दिए । उनले देशमा बीमाको पहुँच बढाउन आवश्य सहयोग गर्न अर्थ मन्त्रालयले तत्परता देखाएको बताए । अध्यक्ष सिलवालले बीमा क्षेत्रलाई सन्तुलितरुपमा अगाडी बढाउने प्रयासमा समिति रहेको उल्लेख गर्दै समितिलाई लिखितरुपमा जानकारी दिएर बीमा सचेतना कार्यक्रमलाई व्यापकरुपमा अगाडि बढाउन बीमा कम्पनीहरुसँग आग्रह समेत गरेका छन् । उनले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा समितिको राय अर्थ मन्त्रालयमा पठाइएको र यस सम्बन्धमा दशैपछि निकास निस्कने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा कार्यकारी निर्देशक राजुरमण पौडेलले समग्र बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि बीमा समिति गम्भिरताका साथ लाग्दै आएको र त्यसमा बीमा कम्पनीहरुको सहयोग समेत अपरिहार्य रहेको बताए । कार्यकारी निर्देशक पौडेलले बीमाको पहुँच विस्तारका लागि समितिले विभिन्न स्थानीय तहहरुमा स्थानीय सरकारहरु सँगको समन्वयमा बीमा सम्बन्धी जनचेतना अभिबृद्धिका कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाउदै लगेको जानकारी दिए । कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS