काठमाडौं । बाल्ट्राले चाडपर्वको समयमा ग्राहक वर्गलाई लक्षित गर्दै ‘बाल्ट्रा बडा उत्सव’ उपहार योजना ल्याएका छ । यस उपहार योजनामा सहभागी ग्राहकहरुबाट हरेक हप्ता १ जनाले गोलाप्रथामार्फत सुनको सिठ्ठी (२२ क्यारेट, ४ ग्राम नेट तौल) जित्न सक्नेछन् । नेपालभर रहेका हाम्रा आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ सोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राका जुनसुकै सामानको खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुनु सक्नेछन् ।
यस योजनामा सहभागी हुनको लागि <BALTRA><VAT/PAN BILL NO.><NAME> टाईप गरी 34001 मा एसएमएस गर्नुपर्ने हुन्छ । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट÷प्यान बिल ल्याउनुपर्ने छ, साथै उपहारमा लागु हुने कर विजेता आफैले व्यहोर्नुपर्ने छ । यस उपहार योजना सिमित अवधिका लागि मात्र लागु गरिएको छ ।