Connect IPS
IME Life

मुक्तिनाथ कृषि कम्पनीले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मेगा क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधरण शेयर (आइपिओ) निष्काशन तथा विक्री गर्ने भएको छ । जसका लागि कम्पनीले मेगा क्यापिटल मार्केट्ससँग धितोपत्र निष्काशन व्यवस्थापन सम्झौता गरेको हो ।

सम्झोतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

१ अर्ब अधिकृत पूँजी र ४० करोड जारी पूँजी सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । यसै क्रममा मुक्तिनाथ कृषि कम्पनीको सर्वसाधारणको लागि छुट्याइएको धितोपत्र निष्काशनको सम्झौता भएको हो ।

सम्झौता अनुसार यहि वर्षको चैत्र मसान्त भित्र निष्काशनको सवै प्रक्रिया पुरा गरी शेयर जारी गर्ने लक्ष्य छ । सर्वसाधारणको लागि चार करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ । आवश्यकता अनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजी बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष लिएको छ

कृषि पेशालाई प्रतिष्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउने सोचका साथ कम्पनीले काम गर्दै आइरहेको छ ।

कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनीका संचालक तुलसिराम ढकाल, सिताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिल कुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठ लगायतको उपस्थिति थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS