IME Life New

आज पहिलो दिनमा नै मध्य भोटेकोशीको आइपीओ ५ लाख ५२ हजारभन्दा बढीले भरे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा ५ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा आज साँझसम्ममा ५ लाख ५२ हजार १ सय ६७ जना आवेदकहरूले ८८ लाख ९१ हजार ९७० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ० दशमलव ९२ गुणा धेरै हो ।

कम्पनीले आज असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

Esewa
Crest

निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

उक्त आइपीओमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। एक जनालाई १० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS