Connect IPS
IME Life

साधारण सभा प्रयोजनको लागि रिडी हाइड्रोपावरको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको बुक क्लोज मिति तय भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक २ गते (एक दिन) बुक कलोज गर्ने भएको छ । त्यसकारण कात्तिक १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले २०औं वार्षिक साधारण सभा कात्तिक १२ गते गर्ने भएको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।सभा कम्पनीले आफ्नै केन्द्रीय कार्यालय, थापाथली, काठमाडौंमा बिहान ११ बजेबाट शुरु गर्ने जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को लागि अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने बारे छलफल गर्ने, कम्पनीको उद्देश्य थप गर्ने गरी प्रवन्धपत्रको उद्देश्यसँग सम्बन्धित दफा संशोधनरथप गर्ने एजेण्डा पनि रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS